अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित

प्रतिनिधिसभा सदस्यमा २० प्रतिशत आदिवासी जनजाति निर्वाचित


काठमाडौं – यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म १६२ स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ । दोखलाका १० मतदान केन्द्रमा आज पुनः मतदान जारी छ भने स्याङ्जामा मतगणना जारी छ । 

हालसम्मको मतपरिणाम अनुसार प्रतिनिधिसभा सदस्यमा निर्वाचित ३२ जना अर्थात् करिब २० प्रतिशत आदिवासी जनजाति हुनुहुन्छ ।

जसअनुसार नेकपा एमालेका तर्फबाट धनकुटा-१ बाट राजेन्द्रकुमार राई, पाँचथर-१ बाट वसन्तकुमार नेम्वाङ, सोलुखुम्बु-१ मा मानवीर राई, खोटाङ-१ मा रामकुमार राई, इलाम-२ बाट सुवास नेम्वाङ, झापा-४ बाट लालप्रसाद साँवा लिम्बू निर्वाचित हुनुभएको छ । साथै, एमालेका तर्फबाट सिराह-३ बाट लिलानाथ श्रेष्ठ, काठमाडौँ-९ बाट कृष्णगोपाल श्रेष्ठ, ललितपुर-२ बाट प्रेमबहादुर महर्जन, कास्की–१ बाट मनबहादुर गुरुङ, लमजुङ–१ बाट पृथ्वीसुब्बा गुरुङ, कञ्चनपुर–१ बाट तारा लामा तामाङ गरी जम्मा १२ जना निर्वाचित हुनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा आदवासी जनजातिमा नेपाली कांग्रेसका तर्फबाट तेह्रथुम-१ मा सीता गुरुङ, मोरङ–१ मा डिगबहादुर लिम्बू, रामेछाप–१ मा पूर्णबहादुर तामाङ, मनाङ–१ मा टेकबहादुर गुरुङ र मुस्ताङ–१ मा योगेश गौचन थकाली निर्वाचित हुनुभएको छ ।

नेकपा ९माओवादी केन्द्र०का बाट भोजपुर-१ मा सुदन किराँती, काभे्रपलाञ्चोक-१ मा सूर्यमान तामाङ (दोङ), नुवाकोट–१ मा हितबहादुर तामाङ, रुकुमपूर्व-१ मा पूर्णबहादुर घर्तीमगर, रोल्पा १ मा वर्षमान पुन, हुम्ला १ मा छिरिङ डम्डुल लामा (भोटे) निर्वाचित हुनुभएको छ ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट डोटी-१ मा प्रेमबहादुर आले, डोल्पा-१ मा धनबहादुर बुढा, बारा-४ मा कृष्णकुमार श्रेष्ठ, डोल्पा–१ मा धनबहादुर बुढा, दैलेख-१ मा अम्मरबहादुर थापा गरी पाँच जना सदस्य हुनुहुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापा(१ मा राजेन्द्रप्रसाद लिङ्देन र जनता समाजवादी पार्टी, नेपालका तर्फबाट सुनसरी(१ मा अशोककुमार राई निर्वाचिन हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ-८ मा विराजभक्त श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट कैलाली १ बाट निर्वाचित रञ्जिता श्रेष्ठ पनि आदिवासी जनजाति हुनुहुन्छ ।