अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर

शिक्षा मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर


काठमाडौं – शिक्षाको पहुँच तथा गुणस्तर अभिवृद्धि गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार मन्त्रालयमा विद्यालय शिक्षा क्षेत्र योजना (१० वर्षे विद्यालय सुधार योजना)को कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कार्यक्रम सञ्चालनको लागि समन्वय र सहजीकरणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच, गुणस्तर र सान्दर्भिकता, समन्व्य र सहकार्य मार्फत शैक्षिक सुशासन प्रवर्द्धन गर्ने उद्देश्यका साथ समझदारी भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनलाई सुदृढ र प्रभावकारी बनाउन दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सबै बालबालिकालाई गुणस्तर शिक्षाको पहुँचमा पुर्‍याउने उद्देश्यको साथ समझदारी गरिएको बताउनु भयो ।

महासंघले विद्यालय शिक्षासँग सम्बन्धित राष्ट्रिय नीति, योजना तथा कार्यक्रम निर्माण प्रक्रियामा आवश्यकता अनुसार मन्त्रालयसँग समन्वय, राय, सल्लाह र सुझाव दिनेछ ।

समझदारीमा योजना कार्यान्वयनको क्रममा समस्या आए दुवै पक्षले सहमतिबाट समस्याको समाधान गरी कार्यान्वयन गर्ने उल्लेख गरिएको छ । समझदारीको समयावधि २०८३-०८४ सम्म रहने मन्त्रालयले जनाएको छ ।