काठमाडौं – प्रदेश १ को मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शीर्ष नेताहरुबीच हिजो शनिबार साँझ भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो ।
प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते ७ दिनको समय राखेर दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गर्नुभएको थियो ।
एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गर्नुभएको छ । आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरुको बैठकले भागवण्डा टुंग्याउने एक स्रोतले बताएको हो ।
माओवादी केन्द्रका संसदीय दलको नेता इन्द्रबहादुर आङ्बो एमालेले मुख्यमन्त्री लिने अनौपचारिक सहमति बनसिकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ ‘शीर्ष नेताहरुबाट औपचारिक सहमति भएर आउन बाँकी छ । एमालेले मुख्यमन्त्री लिएपछि हामीले सभामुख लिन्छौं । मन्त्रालयहरु टुंगो लाग्न बाँकी छ ।’
९३ सिट रहेको प्रदेश १ मा बहुमतको सरकार बनाउन ४७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । एमाले एक्लैको ४० सिट छ भने माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका एक सिट छ।
प्रदेश १ मा नेपाली कांग्रेसका २९ र नेकपा एकीकृत समाजवादीका ४ प्रदेशसभा सदस्य छन् ।







प्रतिक्रिया