विराटनगर – प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले दावी गर्दै हुनुहुन्छ ।
उहाँले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्रीम दावी पेश गर्न लाग्नुभएको हो ।
एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार आइतबार अपरान्ह ४ बजे बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुख परशुराम खापुङसमक्ष दावी पेश गर्ने तयारी छ । प्रदेश प्रमुख खापुङले आइतबार ५ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गर्नुभएको थियो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । त्यस्तै नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।







प्रतिक्रिया