विराटनगर – नेकपा माओवादी केन्द्रले नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको छ।
माओवादी केन्द्रले नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेको हो । यससँगै प्रदेश १ मा एमालेको नेतृत्वमा सरकार गठनको बाटो खुलेको छ। त्यसकारण आजै प्रदेश प्रमुखसामु कार्कीलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्ने भएको छ ।
एमालेले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो। माओवादी केन्द्रले संसदीय दलका नेता रहेका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको थियो।
पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गर्नुभएको थियो ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ गरी सत्तारुढ दलसँग ६० जना सांसद छन् । त्यस्तै नेपाली कांग्रेसको २९ र नेकपा एकीकृत समाजवादीको ४ सिट छ ।







प्रतिक्रिया