अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ : एमालेका हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश

प्रदेश-१ : एमालेका हिक्मत कार्कीद्वारा मुख्यमन्त्रीमा दाबी पेश


 विराटनगर – प्रदेश १ मा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको छ ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दिएको समयसीमाभित्र कार्कीले नेकपा (माओवादी) केन्द्रको सहयोगमा मुख्यमन्त्री दाबी पेश गर्नुभएको हो ।

कार्कीलाई मुख्यमन्त्रीका लागि एमालेका ४०, माओवादीका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ र जनता समाजवादी पार्टीका १ सहित ६० जना सांसदले समर्थन जनाएका छन्।