अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमतीमा जमरकट्टेल र गण्डकीमा अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुँदै   

बागमतीमा जमरकट्टेल र गण्डकीमा अधिकारीले आज मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुँदै   


काठमाडौं । बागमती र गण्डकी प्रदेशले आज (सोमबार) नयाँ मुख्यमन्त्री पाउने भएको छ । ती दुई प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त गर्ने तयारी छ ।

यी दुई प्रदेशमा अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ । बागमतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको हो ।  

बागमतीमा नेकपा(माओवादी केन्द्र) का प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेल र गण्डकीमा नेकपा ९एमाले० का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्नुहुने छ ।  

सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको भागबण्डा गरिँदा बागमती सरकारको पहिलो कार्यकालको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । गण्डकीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति छ ।

सोहीअनुसार बागमतीको मुख्यमन्त्रीका लागि गठबन्धन दलका सांसदको समर्थनमा जम्कट्टेल र गण्डकीको मुख्यमन्त्रीका लागि अधिकारीले दाबी पेस गर्नुहुने छ ।