पाल्पा-पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ट्याक्टरमा सवार अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका वडा नं.१ हुँगीका १७ वर्षीय विशाल थापा रहेको प्रहरीले जनाएको छ । आइतबार राति कालीगण्डकी कोरिडोर अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जादै गरेको लु४त ७९१६ नम्बरको ट्याक्टर दुर्घटना भएको हो।
रम्भा गाउँपालिका २ हुँगीका १८ वर्षीय विवेक थापा, सोही स्थानका १८ वर्षीय पूर्ण बहादुर बोटे रामपुर नगरपालिका वडा नं। १ का २४ वर्षीय दिलबहादुर घर्ती, सोही स्थानका १६ वर्षीय युवराज घर्ती घाइते रहेको र उहाँहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टर चालक फरार रहेका छन् ।







प्रतिक्रिया