अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेल र २ मन्त्रीले लिनुभयो शपथ

बागमती प्रदेश : मुख्यमन्त्री जम्मकट्टेल र २ मन्त्रीले लिनुभयो शपथ


मकवानपुर-बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलसहित तीन जना मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

मंगलबार बिहान मुख्यमन्त्री जम्मकट्टेलसहित मन्त्रीहरू नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धब थापाले पद तथा गोपनियताको शपथ लिनुभएको हो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुख कार्यालय हेटौंडामा उहाँहरुलाई शपथ गराउनुभएको हो ।

११० सदस्यीय प्रदेश सभाम नवनियुक्त मुख्यमन्त्री जम्मकट्टेलले ७० जना सांसदको सर्मन पाउनुभएको छ । माओवादी, एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाल पार्टीको समर्थनमा दावी पेश गर्नुभएका जम्मकट्टेलाई प्रदेश प्रमुख शर्माले सोमबार नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।