विराटनगर – प्रदेश १ का नवनिर्वाचित मुख्यमन्त्री हिक्मत कार्कीले संघीय संरचनाको मर्म नबुझेर बिरोध गर्नेलाई कामको माध्यमबाट चिर्नु अहिलेको सरकारको मुख्य दायित्व रहेको बताउनु भएको छ ।
आज प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले संघीयता अपनाउने मुलुकमध्ये सबैभन्दा कान्छो मुलुक नेपाल भएकाले पनि जनताले यसको मर्म र उद्देश्य बुझ्न नसकेको बताउनुभयो । कतिपय दलहरुले यसको खारेजीको मुद्दा बनाउँदा पनि समस्या थपिएको उहाँले बताउनुभयो ।
उहाँले व्यवस्थाभन्दा पनि सेवा प्रदान गर्ने संघीय संरचनालाई बुझ्न पर्ने बताउनु भयो । प्रदेश स्थापित गर्ने क्षेत्रमा दलहरु चुकेको विषयलाई समीक्षा गर्दै अब सबै दल संघीयतालाई सुदृढ बनाउन एक ठाउँ उभिनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्कीले सरकारले प्रदेश सरकारले साझा न्यूनतम कार्यक्रम ल्याउने गरी आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो ।
उहाँले दलहरुप्रति जनताको व्यापक असन्तुष्टि रहेकाले पनि सरकारको कार्यक्रमबाट चिर्दै लाने बताउनुभयो।
मुख्यमन्त्री कार्कीले संघले प्रदेशलाई पूर्ण अधिकार दिन नचाहेको बताउनुभयो । उहाँले संघले पाँच वर्षको अवधिमा पनि संघीय कानून निर्माण नगर्दा प्रदेशलाई अधिकार दिने कुरामा बाधा भएको बताउनुभयो । संघले प्रदेश सरकारहरुलाई पूर्ण अधिकार प्रदान गर्ने आवश्यक कानुन निर्माणका लागि प्रदेश सरकारले दबाब दिने उहाँले बताउनुभयो ।







प्रतिक्रिया