अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेस प्रदेश: आन्तरिक तयारी नपुगेपछि मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन

मधेस प्रदेश: आन्तरिक तयारी नपुगेपछि मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन


जनकपुरधाम – गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मङ्गलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन ।

गठबन्धनका अन्य दलले चिसोका कारण सांसद जनकपुरमा आइपुग्न ढिलाइ भएको र अन्य व्यवस्थापकीय तयारी बाँकी रहेको जनाएपछि दाबी पेश गर्न नसकिएको जनता समाजवादी पार्टी ९जसपा० मधेस प्रदेश प्रमुख रामबाबु यादवले जानकारी दिनुभयो। 

यसअघि जसपा मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै सरकार गठनका लागि मङ्गलबार नै दाबी पेश गर्ने भनिएको थियो ।

प्रस्तावित मुख्यमन्त्रीका दावेदार जसपा मधेस प्रदेश संसदीय दलका नेता यादवले पनि सत्ता गठबन्धनका अन्य दलले तयारी नपुगेको भनेपछि मङ्गलबार दाबी पेश हुन नसकेको बताउनुभयो । उहाँका अनुसार सत्ता गठबन्धन दल नेकपा ९माओवादी केन्द्र० ले मङ्गलबार दिउँसोसम्म संसदीय दलको नेता चयन गर्ने र अन्य दलले पनि आन्तरिक तयारीपछि दिउँसो ४ बजेसम्म दाबी पेश गर्ने भनिएको थियो तर माओवादी केन्द्रले दलको नेता चयन गर्न सकेन ।

“सबै तयारी भए किन अन्तिमसम्म कुर्ने भन्ने थियो, तर आज आन्तरिक तयारी नपुगेपछि दाबी पेश हुन सकेन”, नेता यादवले भन्नुभयो, “अब माओवादी केन्द्रले दलको नेता चयन र अन्य दलको आवश्यक तयारी पूरा भएपछि दाबी पेश गर्छौं, सम्भवतः भोलि नै गर्छौं ।”

प्रदेश प्रमुख हरिशङ्कर मिश्रले यही २८ पुस दिउँसो ४ बजेसम्म सरकार गठनका लागि आह्वान गर्नुभएको छ । केन्द्रीय सत्ता समीकरणमा रहेका दलहरूबीच मधेस प्रदेशमा जसपा र जनमत पार्टीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।