अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो स्थायी पदपूर्तिका लागि आवेदन

लोकसेवा आयोग सुदूरपश्चिमले माग्यो स्थायी पदपूर्तिका लागि आवेदन


कैलाली । सुदूरपश्चिम लोकसेवा आयोगले कर्मचारीकम लागि दरखास्त आह्वान गरेको छ । प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौँ तहका विभिन्न सेवा समूहका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

सुदूरपश्चिम प्रदेश र अन्तर्गत निकाय र कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था बमोजिम सुदूरपश्चिम प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वन गरिएको हो ।

योग्यता पुगेका उमेदवारहरूले माघ १७ गतेसमम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको प्राथमिकता क्रमानुसार नियुक्तिका लागि सम्बन्धित प्रदेश मन्त्रालय र स्थानीय तहमा सिफारिस गरिने आयोगले जनाएको छ ।