काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्ने भएको छ । जसपाले सत्ता गठबन्धनका सांसदहरुको समर्थनमा आज प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्न लागेको हो ।
प्रदेश प्रमुख मिश्रले २८ गते ४ बजेसम्म दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । सोमबार जसपाको संसदीय दलको नेता चयन हुनुभएका सरोजकुमार यादवले मधेस प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुहुने छ ।
१०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा सरकार गठनको लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । अहिले सत्ता गठबन्धनसँग रहेका नेकपा एमाले २३, जसपा १६, जनमत १३, माओवादी ८ र राप्रपा १ गरी ६१ सांसद छन् ।







प्रतिक्रिया