अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावलले दावी पेश गर्नहुँदै

सुदूरपश्चिम मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावलले दावी पेश गर्नहुँदै


धनगढी – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।

बुधबार भएको छलफलपछि नगरिक उन्मुक्ति पार्टी मुख्यमन्त्रीमा एमालेलाई समर्थन गर्न तयार भएको हो ।

नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएपछि नेकपा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जाँदै हुनुहुन्छ ।

एमाले संसदीय दलका नेता राजेन्द्र रावल २९ सांसदको समर्थन लिएर दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जानु भएको हो ।

सुदूरपश्चिम प्रदेशमा अहिले सरकार गठबनका लागि नागरिक उन्मुक्ति पार्टी निर्णायक छ। यो प्रदेशमा नागरिक उन्मुक्तिका ७ जना प्रदेशसभा सदस्य छन्।

नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका सात र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकसहित २९ प्रदेश सभा सदस्य छन्। यसैगरी कांग्रेसका १९ सांसद छन्। अर्कातिर एकीकृत समाजवादी पार्टीका चार र एकजना स्वतन्त्र सदस्य छन्।