अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश-१ का मुख्यमन्त्री कार्कीद्वारा शुक्रबार विश्वासको मत लिनुहुँदै

प्रदेश-१ का मुख्यमन्त्री कार्कीद्वारा शुक्रबार विश्वासको मत लिनुहुँदै


विराटनगर – प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत लिंदै हुनुहुन्छ ।  विश्वासको मत लिने प्रयोजनका लागि संसद सचिवालयलाई जानकारी गराइएको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीमरण भण्डारीले जानकारी दिनुभयो ।

६० जना सांसदको समर्थनसहित आइतबार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३,  राप्रपाका ६ र जसपाका एक जना सांसदको समर्थन छ । सरकारलाई समर्थन जनाए पनि भागवण्डामा असन्तुष्टि जनाउँदै माओवादी केन्द्र सरकारमा गएको छैन ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच भागवण्डा हुँदा प्रदेश १ को नेतृत्व पाँच वर्षका लागि एमालेले पाउने सहमति भएको थियो । तर माओवादी केन्द्र प्रदेश संसदीय दलले प्रदेशको नेतृत्व आधाऔआधा कार्यकाल हुनुपर्ने दाबी गर्दै सरकारमा सहभागी नभएको हो ।

माओवादी सरकारमा सहभागी नभए पनि मुख्यमन्त्री कार्कीले राप्रपा र जसपालाई सरकारमा सहभागी गराएर बहुमत सुरक्षित गरेका छन् ।