विराटनगर – प्रदेश १ का सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतमको सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
प्रदेशसभाको आजको बैठकले ओखलढुंगा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतम सर्वसम्मत निर्वाचित गरेको हो।
एमालेका रेवती रमण भण्डारीको प्रस्तावमा एकीकृत समाजवादीका कमल जवेगु, माओवादी केन्द्रका नारायण बुर्जा मगर र राप्रपाका गोपाल बहादुर विश्वकर्माको समर्थनमा उहाँ सभामुख निर्वाचित हुनुभएको हो ।
सभामुखमा गौतमको एकल उम्मेदवारी परेकाले बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य गयानन्दन मण्डलले गौतम सभामसखमा निर्वाचित भएको घोषणा गरेका थियो।






प्रतिक्रिया