काठमाडौं – बागमती प्रदेशसभाको सभामुखमा सत्तारुढ गठबन्धनबाट राप्रपाका महामन्त्री भुवन पाठकले मनोनयन दर्ता गर्नुभएको छ ।
मुख्य पदहरु भागवण्डा हुँदा बागमतीमा सभामुख राप्रपाले लिने सहमति भए अनुसार आज पाठकले मनोनयन गर्दा गराउनुभएको हो।
उहाँको प्रस्तावकमा एमालेका जगन्नाथ थपलिया र समर्थकमा नेकपा माओवादी केन्द्रका युवराज दुलाल हुनुहन्छ ।
बाग्मती प्रदेशको सभामुखको लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट सृजना सायजुलाई उम्मेदवार बनाएका छन् ।
नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेपाल मजदुर किसान पार्टी नेमकिपाबाट सृजना सायजुले पनि उम्मेदवारी दर्ता गर्नुभएको छ ।







प्रतिक्रिया