कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि शुक्रबार विश्वासको मत लिंदै हुनुहुन्छ ।
गण्डकी प्रदेश सभास्थित एमाले संसदीय दलको कार्यलयमा आज बसेको संसदीय दलको बैठमा मुख्यमन्त्री अधिकारीले सो कुराको जानकारी गराउनु भएको हो ।
३३ जना प्रदेश सभा सदस्यको समर्थनसहित मुख्यमन्त्री बन्नु भएका अधिकारीलाई विश्वासको मत पाउन सहज छ। अधिकारीको पक्षमा एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन छ ।
मुख्यमन्त्री नियुक्त भए लगत्तै राजधानी गएर एमाले अध्यक्ष केपी शर्मा ओलाी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्केनु भएका अधिकारीले विश्वासको मत लिएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ ।







प्रतिक्रिया