अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा हुने

लुम्बिनीमा सभामुख र उपसभामुखको निर्वाचन माघ ३ मा हुने


रुपन्देही – लुम्बिनी प्रदेशमा प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन माघ ३ गते हुने भएको छ। प्रदेशसभा सचिवालयले माघ २ गते सोमबार सभामुख र उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।

सोही दिन साढे ५ बजे उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यतालिका छ । माघ ३ गते मंगलबार सभामुख र उपसभामुख चयनको कार्यसूची प्रदेश सभा सचिवालयले प्रकाशित गरेको छ ।