विराटनगर – प्रदेश-१ का मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश संरचनाको औचित्य पुष्टि हुने गरी आफूले काम गर्ने दाबी गर्नुभएको छ।
मुख्यमन्त्री कार्कीले अब प्रदेश सरकार जनतालाई सेवा सुविधा दिनेमा केन्द्रित हुने भएकाले आफूलाई समर्थन गर्न नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीलाई समेत आग्रह गर्नुभयो ।
एमाले–माओवादी गठबन्धनबाट मुख्यमन्त्री बन्नुभएका कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत माग्नुभएको हो।
विगतका सरकारले थालेका कामलाई निरन्तरता दिने भन्दै उहाँले भन्नुभयो, ‘मलाई समर्थन गर्न नेपाली कांग्रेसलाई समेत आग्रह गर्दछु। हामी हाम्रा कामहरुबाट नै प्रदेशको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफ दिने छौं।’
मुख्यमन्त्री कार्कीले प्रदेशको विकासका लागि सबै दल एक ठाउँमा उभिन आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘प्रदेशको नामाकरणका विषयमा होस् या प्रदेशलाई समृद्ध बनाउने बारेमा पनि दलहरु एक ठाउँ उभिन आवश्य छ । दलहरुलाई एक ठाउँमा उभ्याउन प्रदेश सरकारले समन्वयकारी भूमिका निर्वाह गर्ने छ ।’







प्रतिक्रिया