अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागमती प्रदेशका नवर्निाचित सभामुख पाठकद्वारा शपथ

बागमती प्रदेशका नवर्निाचित सभामुख पाठकद्वारा शपथ


हेटौंडा – बागमती प्रदेशका नवनिर्वाचित सभामुख भुवनकुमार पाठकले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ।

शुक्रबार प्रदेशसभा बैठकबाट सभामुख पदमा निर्वाचित हुनुभएका पाठकले शपथग्रहण गर्नुभएको हो । सभामुख पाठकलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराउनु भएको थियो ।

आजै भएको निर्वाचनमा उहाँले ६२ मत प्राप्त गर्दै सभामुखमा विजयी भएका हुन्।

सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद स्जिना सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

११० सदस्य रहेको बागमती प्रदेश सभामा एमालेको २७, कांग्रेसको ३७, माओवादीको २१, राप्रपाको १३, नेमकिपाको ३, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सीट छ। जसमध्ये विजयी भएका पाठकलाई एमाले, राप्रपा, माओवादी, हाम्रो नेपाली पार्टीको समर्थन रहेको छ।

शपथ ग्रहणपछि आज नै प्रदेश सभाको दोस्रो बैठक पाठकले सञ्चालन गर्ने कार्यसूची रहेको बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो ।