सुर्खेत – कर्णाली प्रदेश सभामुख पदका लागि एमालेकी नन्दा गुरुङ र कांग्रेसबाट खड्क पोखरेलले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
शनिबार (पुस ३०) मा सांसद नन्दा गुरुङ र खड्ग पोखरेलले प्रदेश सभाको कार्यालयका पुगेर उम्मेदवारी दर्ता गराउनु भएको हो ।
प्रदेश सचिव जीवराज बुढाथोकीका अनुसार नेपाली कांग्रेसबाट पोखरेलले बिहान ११ बजे उम्मेदवारी दर्ता गराएका थिए भने गठबन्धनको तर्फबाट एमालेकी गुरुङले दिउँसो करिब ४ बजे उम्मेदवारी दार्ता गराउनु भएको हाे ।
सत्तारुढ दलबीच भएको भागबण्डामा कर्णाली प्रदेशको मुख्यमन्त्री र उप-सभामुख नेकपा माओवादी केन्द्र र सभामुख नेकपा एमालेको भागमा परेको छ। त्यसै भागबण्डाका आधारमा कर्णालीको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भइसकेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका सांसद पोखरेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–१ प्रदेश सभा (१) बाट निर्वाचित हुनुभएको थियो भने एमालेबाट उम्मेदवार बन्नुभएका गुरुङ सुर्खेतबाट समानुपातिक सांसद हुन्।
४० सदस्यीय प्रदेश सभा सदस्य रहेको कर्णाली प्रदेशमा नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी र स्वतन्त्र १/१ गरी तीन जना सांसद रहेका छन्।







प्रतिक्रिया