दाङ – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले विश्वासको मत पाउनु भएको छ ।
बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनको चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गर्नुभएको हो।
मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रको गरी ५७ मत प्राप्त गर्नुभएको हो । उहाँको विपक्षमा २८ मत परेको छ । नेपाली कांग्रेस र जनमोर्चाले गिरीलाई विश्वासको मत दिएनन् ।
मुख्यमन्त्री गिरी पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।







प्रतिक्रिया