अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन प्रक्रिया जारी

प्रतिनिधिसभा उपसभामुखको निर्वाचन प्रक्रिया जारी


काठमाडौं – प्रतिनिधिसभाको उपसभामुख निर्वाचनका लागि प्रक्रिया शुरु भएको छ।

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव उम्मेदवार हुनुहुन्छ ।

रानाको प्रस्तावकमा रास्वपाका सोविता गौतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङदेन हुनुहुन्छ ।

यादवको प्रस्तावकमा नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा  नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला हुनुहुन्छ । बैठकमा दुवै उम्मेदवारका प्रस्तावक र समर्थकले आ-आफना  पक्षका उम्मेदवारलाई समर्थन गर्न आग्रह गर्नुहुनेछ । दलीयरुपमा संसद्मा प्रतिनिधित्व रहेका दलका नेताले पनि मन्तव्य राख्नुहुनेछ ।