अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख संसद्को रेफ्री हो, दल फुटाउने भूमिका खेल्नु हुँदैन : कृष्णगोपाल श्रेष्ठ

सभामुख संसद्को रेफ्री हो, दल फुटाउने भूमिका खेल्नु हुँदैन : कृष्णगोपाल श्रेष्ठ


काठमाडौँ – नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले सभामुख र उपसभामुखले पदीय मर्यादा र भूमिकाबाट कत्ति पनि बिचलित नभइकन भूमिका निभाउनुपर्ने आग्रह गर्नुभएको छ।

उहाँले विगतमा सभामुखबाट दल फुटाउने भूमिका भएको भन्दै अब त्यस्तो हुँदैन भन्ने अपेक्षा गरेको बताउनुभयो ।  प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार इन्दिरा रानामगरलाई समर्थन गर्दै उहाँले सभामुख र उपसभामुखले संसद्‌मा रेफ्रीको भूमिका असल र इमान्दारीपूर्वक निभाउन, पदीय गरिमा र गौरव बचाएर राख्न आग्रह गर्नुभयो ।  

‘दलीय व्यवस्थामा दल बलियो हुनुपर्छ । तर सभामुखजस्तो गरिमामय पदमा बसेर कसैको दल फुटाउने भूमिका खुल्नु हुँदैन । फुट्न लागेको दल छ भने पनि बचाउने हो । फुटाउन सघाउने होइन । भोलि पनि त्यस्तो दिन आउन सक्छ,’ उहाँले भन्नुभयो, ‘सभामुखज्यू, तपाईं कसैको स्वार्थमा नआउनुहोला, यदि जानुभयो भने इतिहासले त्यसलाई कालो धब्बा लगाएर मात्रै सम्झिनेछ।’