अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रञ्जिता श्रेष्ठको प्रश्न: निर्दोष थारु राजबन्दीको लाल आयोग कहाँ छ ?

रञ्जिता श्रेष्ठको प्रश्न: निर्दोष थारु राजबन्दीको लाल आयोग कहाँ छ ?


काठमाडौं – सांसद रञ्जिता श्रेष्ठ चौधरीले निर्दोष थारु राजबन्दीको लाल आयोग कहाँ छ ? भन्दै सरकारसँग प्रश्न गर्नुभएको छ ।

सांसद् चौधरीले आज प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै निर्दोष थारुहरूलाई राज्यले थुनेको आरोप लगाइउनुभयो । उहाँले भन्नुभयो, ‘निर्दोषलाई फसाइएको छ । निर्दोष थारुहरूले न्याय पाउँछौ भनेर मेरो मन खुसी भएको थियो। तर, अहिलेसम्म रेशम चौधरीलाई छुटाउन सरकार गम्भीर बनेन ।’

उहाँलभे भन्नुभयो, ‘जनमतको कदर गरौं, २०७४ मा चुनावमा हुँदा माननीय रेशम चौधरीज्यूले ३४ हजार ३४१ मत पाउनु भएको थियो र अहिले मैले पनि त्यहीँ मत २०७९ को चुनावमा ३० हजार ४०४ मत पाएकी छु ।’

यस्तै उहाँले सडकबाट उठाइएको आवाजलाई सुनिएनन् र अब सदनमा गएर बोल्नुस् भन्दै यो जनमत पाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘ सभामुख महोदय, निर्दोष थारुहरुका लागि निर्दोष हो भनेर बनाइएको लाल आयोग कहाँ छ, एक पटक पक्कै पनि खोजिदिनुहोस् भनेर भन्न चाहन्छु।’