अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख घिमिरेद्वारा रवि लामिछानेको सांसद पद खारेज भएको सदनलाई जानकारी

सभामुख घिमिरेद्वारा रवि लामिछानेको सांसद पद खारेज भएको सदनलाई जानकारी


काठमाडौँ – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले रवि लामिछानेको सांसद पद खारेज भएको सूचना जानकारी गराउनु भएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख घिमिरेले सर्वोच्च अदालतबाट प्राप्त पत्र अनुसारको जानकारी सदनलाई गराउनु भएको हो ।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएपछि त्यो पद रिक्त भएको छ । लामिछाने गत चुनावमा चितवन-२ बाट निर्वाचित हुनुभएको थियो।

सभामुख घिमिरेले संविधानको धारा ८९ बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराएका हुन् । सांसद पद रिक्त रहेको जानकारी प्रतिनिधिसभालाई गराउनुपर्ने व्यवस्था प्रतिनिधिसभा नियमावली २०७५ मा पनि छ।

संवैधानिक र कानुनी व्यवस्था अनुसार सभामुख घिमिरेले लामिछानेको पद रिक्त भएको जानकारी प्रतिनिधिसभालाई गराउनु भएको हो । गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हालिरहेको पनि सभामुख घिमिरेले सुनाउनुभयो ।