अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसदहरु काठमाडौंमै बस्ने हो भने गाउँ जाँदा जनताले राँको बालेर लखेट्छन्: उपसभामुख राना

सांसदहरु काठमाडौंमै बस्ने हो भने गाउँ जाँदा जनताले राँको बालेर लखेट्छन्: उपसभामुख राना


काठमाडौं – उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौं केन्द्रित हुँदा जनताले राँको बालेर लखेट्न सक्ने बताउनुभएको छ।

आज संसद भवन नयाँ बानेश्वरमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुका लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उपसभामुख रानाले सांसदहरु काठमाडौं केन्द्रित हुन नहुने भन्दै काठमाडौंकेन्द्रित हुँदा कहिलेकाहीँ गाउँ पुगेका बेला जनताले राँको लिएर लखेट्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले केही गाउँ भ्रमण गरेँ। उपसभामुख भइसकेपछि आवश्यक सामग्रीहरुको उपलब्धता छैन, यस्ता विषयहरु सदनमा गुन्जियोस्, सांसदहरुले यी कुरामा ध्यान दिनुहुनेछु। सांसदहरुले स्थलगत अवलोकन गरेर आवश्यक जनताका इस्यु उठाउनुहुनेछ। हामी काठमाडौंकेन्द्रित मात्रै भएर बस्ने हो भने गाउँ जाँदा जनताले राँको बालेर खेदाउँछन्।’

उहाँले उपसभामुखलाई ‘उप’, ‘चुप’ भनेर हेपिएको पनि बताउनुभयो। उहाँले भन्नुभयो, ‘मैले यसमा ‘उप’ अब ‘उपर’ जाने हो भनेर आएकी छु। महिला सांसदहरु हुनुहुन्छ, उहाँहरुले विभिन्न समस्या भोग्नुभएको छु । उपसभामुखलाई उप-चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको देखेँ।’

आफू उपसभामुख भइसकेपछिका केही जिल्ला भ्रमण गरेपछिको अनुभवबाट पनि त्यो कुरा जानकारी पाएको बताउनुभयो ।