अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्किङमा रहेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

पार्किङमा रहेको ट्रकमा अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु


झापा-पार्किङ गरेर राखिएको मालवाहक ट्रकमा पछाडिबाट आएको अर्को ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

झापाको शिवसताक्षी नगरपालिका-१ अन्तर्गत पूर्व-पश्चिम राजमार्गमा गएराति भएको उक्त घटनामा दुई जनाको मृत्यु भएको हो।

च्यापिएको अवस्थामा रहेका उनीहरूको शव निकाल्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार उद्धारका लागि तीन वटा जेसिबी परिचालन गरिएको छ।

प्रहरीकाअनुसार रड लोड भएको ट्रकका चालक र सह-चालकको मृत्यु भएको हो। मृतकमध्ये चालक सुनसरी झुम्काका ३५ वर्षीय मदन चौधरी रहेका छन्। सहचाकको भने पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।