अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेटौँडामा बाघको आक्रमणबाट महिला घाइते

हेटौँडामा बाघको आक्रमणबाट महिला घाइते


हेटौँडा – हेटौँडा उपमहानगरपालिका–१८ स्थित रामधुनीस्थित जङ्गल छेउमा बाघको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ। स्थानीय ५५ वर्षीया मैती बयलकोटी बुधबार दिउँसो ४ बजेको समयमा घाँस काट्न गएको समयमा बाघको आक्रमणबाट घाइते हुनुभएको हो ।

घाइते बयलकोटीको हेटौँडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मङ्गलबारदेखि देखिएको बाघ महिलामाथि आक्रमण गरी पुनः जङ्गल फर्किएको छ। प्रहरीका अनुसार बाघको आक्रमणबाट घाइते महिलाको गाला, ओठ र ढाडमा चोट लागेको छ। उहाँको अवस्था सामान्य रहेको छ। डिभिजन वन कार्यालय मकवानपुरको सशस्त्र वन रक्षकको टोली बाघलाई खोज्न घटना स्थल पुगेको छ ।

बाघले स्थानीयको दुई वटा बाख्रा र एउटा बङ्गुर पनि मारेको छ। आक्रमणबाट दुई वटा बङ्गुर घाइते बनाएको डिभिजन वन कार्यालय मकवानपुरले जनाएको छ ।