अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशका तीनवटै तहमा एमाले बहुमतको पार्टी बन्छ: डम्बर सिंह

देशका तीनवटै तहमा एमाले बहुमतको पार्टी बन्छ: डम्बर सिंह


सिमकोट – नेकपा एमालेका केन्द्रिय सदस्य डम्बर बहादुर सिंहले नेकपा एमालेले देशका तीनवटै तहमा बहुमतको पार्टी बनाउने बताउनु भएको छ ।

नेकपा एमालेको दुई महीने मिसन ग्रासरुट अभियानका लागि आज हुम्ला पुग्नुभएका केन्द्रिय सदस्य सिंहले सो कुरा बताउनु भएको हो।

आज प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले भन्नुभयो, ‘एमालेको अबको उदेश्य भनेको स्थानीय तह, प्रदेश र संघका तीनवटै तहमा बहुमतको पार्टी बनाउने दुई महिना मिसन ग्रासरुट अभियानको थालनी गरेको हो।’

पत्रकार सम्मेलनमा बोल्दै कार्याक्रमका प्रमुख अतिथि समेत रहेका सिंहले हुम्ला जिल्लाका सातवटा गाउँपालिकाका ४४ वटै वडामा एमालेको मिसन ग्रासरुट अभियानले प्रत्येक जनताबाट उठेका आवाजलाई सम्वोधन गर्ने गरी अभियान सञ्चालन गरिने बताउनुभयो ।

एमालेको केन्द्रिय कमिटिको निर्णयअनुसार देशका ७७ वटै जिल्ला र ७५३ वटा स्थानीय तहमा नेकपा एमालेका केन्द्रिय सदस्य र मिसन ग्रासरुट प्रतिनिधिहरुलाई खटाईसकेको र अभियानमा खटिएका सम्पुर्ण नेताहरु सम्वन्धित जिल्लामा पुगिसकेको सिंहले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

नेता सिंहले अहिलेसम्म पनि राष्ट्रिय सडक सञ्जालले नछोएको हुम्ला जिल्लाको सदरमुकाम सिमकोट भनेको मानसरोवरको मुख्य गेटका रुपमा रहेको र यसले प्रचुर सम्भावन बोकेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘धार्मिक पर्यटकिय स्थलका दृष्किोणका हिसाबले सडक सञ्जालको पहुँजमा अछुतो रहे पनि देशको एक नमबर जिल्लाका रुपमा परिचित छ ।’

पत्रकार सम्मेलन कार्यक्रममा प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहको अध्यक्षतामा तथा नेकपा एमाले पार्टीका केन्द्रिय सदस्य डम्बर बहादुर सिंहको प्रमुख आतिथ्य र केन्द्रिय पर्यटन विभागका सदस्य तथा केन्द्रिय प्रतिनिधि लंक बहादुर शाहीको विशेष आतिथ्यमा सन्चालन भएको कार्यक्रममा सोही पार्टीका प्रदेश कमिटि उपसचिव रुपा शाही, प्रदेश कमिटि सदस्य गोविन्द बहादुर शाही, जिल्ला कमिटि हुम्लाका उपाध्यक्ष डवल रावत, सचव तिर्थराज बोहरा लगायतका नेताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रम दिउसो २ बजे मानसरोबर होटेलमा सन्चालन भएको थियो ।