ओखलढुंगा-ओखलढुंगामा जिप दुर्घटना भएको छ । आज बिहान जिल्लाको चिसंखुगढी नगरपालिका-३ दियालेमा यात्रुबहाक बोलेरो जिप दुर्घटना भएको हो ।
जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११ घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिप दुर्घटना भएको हो । सो जिपमा १३ जना सवार रहेका प्रहरीले जनाएको छ ।
घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका-३ का स्थानीय भक्तबहादुर थापा र मिन बहादुर श्रेष्ठको मृत्यु भएको छ ।
घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ।





प्रतिक्रिया