अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुर्सीकै लागि अहिलेको गठबन्धन: झलनाथ खनाल

कुर्सीकै लागि अहिलेको गठबन्धन: झलनाथ खनाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले अहिलेको आठ दलीय गठबन्धन कुर्सीका निम्ति भएको बताउनु भएको छ।

आज एकीकृत समावादी मोरङले उर्लाबारीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता खनालले अहिलेको गठबन्धन कुर्सीकै लागि भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मंसिर ४ को निर्वाचनपछि अहिले तीन महिना भयो। यही समयमा तीनवटा समीकरण भइसक्यो। पाँच वर्षको समय बाँकी छ। त्यसैले धेरै गठबन्धन हेर्न बाँकी छ। अहिलेको गठबन्धन नीति तथा कार्यक्रममा भएको देखिएको छैन। कुर्सीकै कुरा हो।’