अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले सात जिल्लाको अधिवशेन गर्न बाँकी

एमालेले सात जिल्लाको अधिवशेन गर्न बाँकी


काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सात जिल्लामा अधिवेशन गर्न बाँकी रहेको छ। एमाले निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले बाँकी रहेका जिल्लाको अधिवशेन यही महिनाभित्र सम्पन्न गर्ने बताउनुभयो।

मोरङ, सिरहा, सप्तरी, धनुषा, अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशन गर्न बाँकी छ। गत जेठ मसान्तमा जिल्ला अधिवेशन गर्नुपर्ने भए पनि सदस्यता वितरण र आन्तरिक विवादका कारण ती जिल्लाको अधिवेशन निर्धारित समयमा हुन नसकेको अध्यक्ष डा. सुब्बाले बताउनुभयो। उहाँले बझाङ जिल्लाको अधिवेशनको समय यही महिनाको अन्तिममा तोकिएको र बाँकी जिल्लाको अधिवेशन पनि चाँडै तोकिने बताउनुभयो।

पार्टीले अधिवेशन हुन बाँकी रहेका सबै जिल्ला कमिटीलाई यही मङ्सिर महिनाभित्र अधिवेशन गर्न निर्देशन दिएको अध्यक्ष डा सुब्बाले बताउनुभयो। ‘मङ्सिर महिनामा अधिवेशन सक्नुपर्ने हो। जिल्ला कमिटीले मिति तोकेर आउनुपर्दछ’, उहाँले भन्नुभयो, ‘अनि हामीले निर्वाचन गराउने हो।’ अहिलेसम्म ७० जिल्लाका जिल्ला अधिवेशन सम्पन्न भएका छन्।

Skip This