धनगढी -कैलालीमा ट्याक्टरमा दुर्घटना भएको छ ।
जिल्लाको बर्दगोरिया गाउँपालिका ६ सुगरखालका आफन्तको घरबाट पास्नी भोज खाएर भजनी नगरपालिका ९ कुणीतर्फ फर्किने क्रममा हिजो राति जोशीपुर गाउँपालिका–७ हजारीबारामा से १ त ८८७० नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अनियन्त्रित भएर ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार २ जनाको मृत्यु भएको र २८ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भजनी ९ की चाहाना चौधरी र दिलरानी चौधरी रहेका छन् । उनीहरूको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्याक्टर नियन्त्रणमा लिएको र चालकको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया