अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकलाई राज्य अभिभावक हो भन्ने अनुभूति कहिले दिने ?: विद्या भट्टराई

नागरिकलाई राज्य अभिभावक हो भन्ने अनुभूति कहिले दिने ?: विद्या भट्टराई


काठमाडौं – नेकपा एमलोकी सांसद विद्या भट्टराईले नागरिकको दैनिक जीवन संकटग्रत रहेकोमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले हरेक महीना अध्ययन र विदेश भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी रकम संचितिमा दबाब परेकोले सिंगो वित्तीय प्रणाली संकटपूर्ण अवस्थामा रहेको बताउनु भयो ।

लोकतान्त्रिक राज्य र नागरिकप्रतिको दायित्वलाई केवल भाषण र नारामा मात्रै सिमित कहिलेसम्म गर्ने भन्नुहुँदै प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘नागरिकलाई राज्य अभिभावक हो भन्ने अनुभूति कहिले दिने ?’

सांसद भट्टराईले भन्नुभयो,‘आम नागरिकको दैनिक जीवन संकटमा छ। दैनिक २५ सय युवाहरु विदेशीएका छन्। हरेक महिना अध्ययन र विदेश भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी रकम संचितिमा दबाब परेको छ। लघुवित्त र सहकारी सिंगो वित्तिय प्रणाली संकटपूर्ण अवस्थामा छ। कर प्रशासन करदातामैत्री छैन्। आर्थिक मन्दीका कारण महंगी उच्च छ।’