अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानसेनापतिबाट दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापतिबाट दर्ज्यानी चिह्न प्रदान


काठमाडौं प्रधान सेनापति प्रभुराम शर्माले प्राविधिक उपरथीमा बढुवा हुनुभएका प्राविधिक सहायक रथी डा. अरुण शर्मालाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ। 

सोमबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा नेपाल सरकार मन्त्रिपरिषद्को चैत ६ गतेको निर्णय अनुसार बढुवा हुनुभएका शर्मालाई प्रधान सेनापति शर्माले दर्ज्यानी चिह्न प्रदान गर्नुभएको हो। 

उपरथी शर्मा सैनिक स्वास्थ्य महानिर्देशनालय (सैनिक मेडिकल कोर)को महानिर्देशक नियुक्त हुनुभएको हो। उक्त समारोहमा प्राविधिक सहायक रथी, प्राविधिक प्रमुख सेनानीलाईसमेत दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

समारोहमा नेपाली सेनाका रथी तथा अधिकृतको उपस्थिति रहेको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।