अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० जना सचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

१० जना सचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


काठमाडौं-सरकारले १० जना सचिवहरुको सरुवा गरेको छ। मन्त्रिपरिषद्को जेठ १२ को बैठकले १० जना सचिवको सरुवा गरेको हो।

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार डा रामप्रसाद घिमिरेलाई उद्योग मन्त्रालय, किरणराज शर्मालाई लोक सेवा आयोगमा, हरिप्रसाद मैनालीलाई पर्यटन मन्त्रालय र डिल्लीराम शर्मालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरिएको छ। 

त्यसैगरी शिक्षा सचिव दीपक काफ्लेलाई राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री कार्यालयका चूडामणि पौडेललाई शिक्षा मन्त्रालयमा, गोविन्दबहादुर कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, महादेव पन्थलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, रघुराम विष्टलाई महालेखा नियन्त्रक कार्यालय र शोभाकान्त पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशमा सरुवा गरिएको छ।