अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

एमालेले चाह्यो भने एक हप्ताभित्र सरकार ढल्छ: विष्णु पौडेल

एमालेले चाह्यो भने एक हप्ताभित्र सरकार ढल्छ: विष्णु पौडेल


अछाम – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडलले सत्ता गठबन्धनको सरकार ढलाउने र बनाउने पक्षमा नरहेको बताउनु भएको छ।

प्रेस चौतारी नेपालद्वारा आज साँफेबगरमा आयोजित पत्रकार सम्मेलनमा अहिले सरकार भत्काउने पक्षमा नरहेको बताउनु भयो।

मिसन ग्रासरूट अभियानमा पार्टी केन्द्रित भएको भन्दै सरकारतिर ध्यान नदिएको उहाँले भनाइ राख्नुभयो। उहाँले भन्नुभयो, ‘हामीले चाह्यो भने एक हप्ताभित्र सरकार ढालिदिन्छौं, तर अहिले त्यतातिर लागेका छैनौं।’

उपाध्यक्ष पौडेलले ग्रासरूट अभियानबाट आगामी निर्वाचनमा तीनै तहका निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने भनाइ राख्नुभयो।

पूर्वउप्रधान तथा अर्थमन्त्री रहनुभएका पौडेलले वर्तमान सरकार आएदेखि सरकार आर्थिक रूपमा निकै कमजोर हुँदै गएको भनाइ राख्नुभयो । वर्तमान सरकार जनसवाल भन्दा पद केन्द्रीकृत रहेको पौडेलका दावी छ।

प्रतिपक्षमा बसेर एमालेले सरकारका गलत काममा कडा खालको भूमिका खेल्ने भनाइ छ । एमाले र एकीकृत समाजवादीबीचको एकताको विषयमा पत्रकारको प्रश्नमा एमाले कुनै दलसँग एकता नभएर त्यस पार्टीबाट सदस्य भित्र्याउने क्रममा रहेको बताउनुभयो ।

एमाले अछामका अगुवा कार्यकर्तालाई मिसन ग्रासरूट अभियानका बारेमा प्रशिक्षण गर्न अछाम पुग्नुभएका पौडेलसँगै एमालेकै केन्द्र सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य कर्णबहादुर थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारीलगायत हुनुहुन्छ । पौडेल ग्रासरूट अभियानका क्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पुग्ने योजना रहेको छ ।