अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा सानै छदादेखि थाहा पाएको छु: अध्यक्ष ओली

कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा सानै छदादेखि थाहा पाएको छु: अध्यक्ष ओली


गुल्मी – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले बेइमानी गर्छ भन्ने कुरा सानै छदादेखि थाहा पाएको बताउनुभएको छ। 

आज गुल्मीको तम्घासमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस इतिहासको कुनै कालखण्डमा पनि इमानदार हुन नसकेको बताउनुभयो।

अध्यक्ष ओलीले आफूहरुले गरेको कामबाट आतंकित भएर विरोधीहरुले अनेक जालझेल गरी सरकारबाट हटाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनेक जालझेल गरेर हामीलाई सरकारबाट हटाइयो। नराम्रो काम गरेर होइन । काम गर्न नसकेर पनि होइन । सक्षम ढंगले राम्रो काम गरे वापत विरोधीहरु आतङ्कित भएर हामीलाई जालझेल गरेर सरकारबाट हटाए ।’

अहिलेको संविधान एमालेको पहलमा बनेको उहाँको बताउनुभयो । संविधान जारी गर्नमा एमालेको महत्वपूर्ण योगदान रहेको सम्झना गर्नुभयो ।

संविधान निर्माण पछि एमालेको नेतृत्वको सरकार बन्ने भनेर कांग्रेससँग सहमति भए पनि कांग्रेस इमानदार नभएको उहाँको बताउनुभयो।