अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेनिकट आदिवासी जनजाति महासंघको अध्यक्षमा शेर्पा र महासचिवमा भोटे निर्विरोध

एमालेनिकट आदिवासी जनजाति महासंघको अध्यक्षमा शेर्पा र महासचिवमा भोटे निर्विरोध


काठमाडौं – नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा पासाङ शेर्पा निर्वाचित हुनुभएको छ ।

महासंघको दोस्रो महाधिवेशनले सर्वसम्मत रूपमा पासाङलाई अध्यक्ष र पेम्बा गुरुङ भोटेलाई महासचिव चयन गरेको हो।

महासंघको उपाध्यक्षमा मीना गुरुङ, विजय लोप्चन, देवनारायण चौधरी र ज्ञानेन्द्र पुन सर्वसम्मत भएका छन् भने उपमहासचिवमा देवराज राई र प्रेम श्रेष्ठ निर्वाचित भएका छन्।

अध्यक्षमा निर्वाचित शेर्पा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य हुन् । त्यस्तै पेम्बा नेपाल आदिवासी जनजाति महासंघका पूर्वमहासचिव तथा संविधानसभा सदस्य हुन् ।

आठजना सचिवमा महिलाबाट हिरुसरा राना, मधेसबाट सर्लाहीकी शान्ति लामा पाख्रिन, बागमतीबाट मन्दिरा श्रेष्ठ, कर्णालीबाट सोना छिरिङ लामा, कोशीबाट श्याम तुमरोक, बागमतीबाट हर्कमान तामाङ, गण्डकीबाट हुम गुरुङ, लुम्बिनीबाट विवेक श्रेष्ठ चयन भएका छन् ।

महासंघको कोषाध्यक्षमा ज्योती लामा चयन भएका छन् महाधिवेशनबाट २२१ सदस्यीय केन्द्रीय कमिटी चयन भएको र नवनिर्वाचितहरूको शपथग्रहण आजै एमाले कार्यालयमा हुने महासचिव पेम्बा भोटेले बताउनु भयो ।