काठमाडौं – आगामी १० वैशाखमा हुने उपनिर्वाचनमा सत्तारुढ गठबन्धन विभाजित भएको छ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी गरी पाँच दल एक ठाउँमा उभिएका छन् भने जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले भने साथ दिएका छैनन्।
पाँच दलले आज विज्ञप्ति जारी गरी बारा-२ मा जनता समाजवादी पार्टीका उपेन्द्र यादव, चितवन-२ मा कांग्रेसका जितनारायण श्रेष्ठ र तनहुँ-१ मा कांग्रेसका गोविन्द भट्टराईलाई समर्थन गर्ने निर्णय गरेका छन्।
जसमा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टीले हस्ताक्षर गरेका छैनन् ।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले बारा २ आफ्नै उम्मेदवार उठाएको छ।
हेर्नुहोस् विज्ञप्ति







प्रतिक्रिया