काठमाडौं – प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा दलीय प्रतिनिधित्व हुनेको संख्या टुंगो लागेको छ।
सभामुख देवराज घिमिरेसहित राजनीतिक दलका प्रतिनिधिसहितको छलफलले उक्त समिति २१ सदस्य हुने गरी टुंगो लगाएको हो । कार्यव्यवस्था परामर्श समितिले सदनको कार्यसूची, बैठक सञ्चालनलगायतका विषयमा सभामुखलाई सुझाव दिने काम गर्छ।
उक्त समितिमा सभामुख, उपसभामुख, कानूनमन्त्री रहनेछन् । त्यस्तै नेपाली कांग्रेसबाट सबैभन्दा बढी ६ जना, त्यसपछि क्रमश: एमालेबाट ५, माओवादीबाट २, रास्वपा, राप्रपादेखि स्वतन्त्रसम्मका एक-एकजना सदस्य रहने छन् ।
संसदकाे बैठक बस्नुअघि कार्यव्यवस्थाकाे बैठक बसेर बैठककाे कार्यसूचीलाई अन्तिम रूप दिने, शून्य समय, विशेष समयमा बाेल्ने सांसदकाे समय निर्धारण गर्नेलगायतकाे सहमित गरिन्छ ।
हेर्नुस् सूची कुन दलबाट कति ?







प्रतिक्रिया