अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपेन्द्र यादवले जितेर देशको विकास हुँदैन: अध्यक्ष ओली

उपेन्द्र यादवले जितेर देशको विकास हुँदैन: अध्यक्ष ओली


बारा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारा-२ मा पुरुषोत्तम पौडेल जित्ने दावी गर्नु भएको छ । बुधबार बारामा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले बारा-२ निर्वाचन क्षेत्रमा पौडेलको जित सुनिश्चित भएको बताउनु भयो।

ओलीले भन्नुभयो, ‘नेकपा एमालेको विजय सुनिश्चित भइसकेको देखेको छु । यहाँ अनेक प्रकारका भ्रमपूर्ण विषाक्त नाराहरू लाग्न सक्छन् । जातीवादी नारा लाग्न सक्छन् । तपाईंहरू सतर्क र सचेत रहनुहोला । वर्गीय  प्रेम मात्रै सही र साँचो हुन्छ। जात जात भनेर गरिने प्रेम झुटो हुन्छ। उपेन्द्र यादवले जितेर भोकै मर्नुभन्दा अर्कैले जितेर खान लाउन पाए भएन ।’

उपेन्द्र यादवले जिते देशको विकास नहुने अध्यक्ष ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यादवज्यू मोरङ, सुनसरीबाट उखेलिनुभयो । लाटा सोझा जनता छन् भनेर उपेन्द्र बारामा आउनुभयो । उहाँ जितेपछि के गर्नुहुन्छ ? फूलमाला लगाउनुहोला । मन्त्री हुनुहोला। उहाँ (यादवज्यू)बाट विकास हुन्छ त ? ’ 

अध्यक्ष ओलीले एमालेको एउटै उद्देश्य देशमा गरिबीको अन्त्य गर्नु रहेको बताउनु भयो ।