अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक बस्दै, कार्यव्यवस्था समितिमा सदस्यहरू मनोनयन गर्ने तयारी

प्रतिनिधिसभा बैठक बस्दै, कार्यव्यवस्था समितिमा सदस्यहरू मनोनयन गर्ने तयारी


काठमाडौँ-प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्ने भएको छ । आजको बैठकमा सभामुखले कार्यव्यवस्था समितिका सदस्यहरूलाई  मनोनयन गर्ने कार्यतालिका रहेको छ । 

संसद् सचिवालयका अनुसार आजको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक २०७८ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक २०७८ का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

यसै गरी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६३ औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए ।