अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण 

उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न वितरण 


काठमाडौँ-वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । 

बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको  आयोगले जनाएको हो । 

आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आजै चुनाव चिह्न वितरण गरिनेछ । 

चितवन–२, तनहुँ–१ र बारा–२ मा  वैशाख १० गते प्रतिनिधिसभा सदस्यका लागि  उपनिर्वाचन हुँदैछ ।