अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सच्चा कम्युनिस्ट पार्टी एमालेमात्र : गुरुङ

सच्चा कम्युनिस्ट पार्टी एमालेमात्र : गुरुङ


कालिकोट-नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले नेपालमा एमालेबाहेक अरू कम्युनिस्ट पार्टी नरहेको बताउनुभएको छ । 

कालिकोटको तिलागुफा नगरपालिकामा आज आयोजित जनभेलालाई सम्बोधन गर्दै उहाँले कम्युनिस्टको आवरणमा अरू धेरै पार्टी खडा भए पनि नेपालमा सच्चा कम्युनिस्ट पार्टी एमालेमात्रै भएको बताउनुभयो । 

कालिकोटका जनता जङ्गलको बाघजस्तो एमालेभन्दा घरको बिरालोजस्तो माओवादी र अन्य पार्टीहरू बलियो हुन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्ने र एमालेलाई चिन्नुपर्ने बताउँदै उहाँले अब माओवादी केन्द्र सकिएको र त्यसको भर नपर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा कांग्रेस, माओवादी, नेपाल मजदुर किसान पार्टी र राप्रपालगायत पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नुभएका दर्जनौं नेता तथा कार्यकर्ताहरूलाई उपमहासचिव गुरुङले पार्टीमा स्वागत गर्नुभयो । कार्यक्रममा एमाले स्थायी कमिटी सदस्यद्वय गोरख बहादुर बोगटी र डा. शिवमाया तुम्बाहाम्फे लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।