काठमाडौँ-सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन सत्ता गठबन्धनको बैठक जारी छ । बैठक आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो ।
गठबन्धनले न्यूनतम साझा कार्यक्रम आज बेलुका ५ बजे सार्वजनिक गर्ने जनाएको छ । कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिन छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।






प्रतिक्रिया