अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एजेण्डामा आधारित बहस गरौं, व्यक्तिगत गालीगलौज नगरौं : अध्यक्ष ओली 

एजेण्डामा आधारित बहस गरौं, व्यक्तिगत गालीगलौज नगरौं : अध्यक्ष ओली 


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एजेण्डामा आधारित बहसका गर्न आग्रह गर्नुभएको छ । 

आज सामाजिक सञ्जालमार्फत उहाँले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गर्नुभएको हो । 

वैशाख १० गते हुने उपचुनावमा धेरैजसो उम्मेदवारहरू नयाँ र युवा अनुहार भएको भन्दै ओलीले यो खुसीको कुरा भएको बताउनुभयो । 

‘युवामय उपचुनाव १ वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो । उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु,’ उहाँले भन्नुभएको छ,’मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन । अब हामीले राजनीतिलाई  सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’ 

उहाँले यसअघि मंसिर ४ गते भएको आम चुनावमा पनि शेरबहादुर देउवालाई ‘लाइभ डिबेट’ मा आउन चुनौती दिनुभएको थियो ।