काठमाडौँ-सत्ता गठबन्धनले आज बेलुका ५ बजे सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रम ५ बजे सार्वजनिक गर्ने निर्णय भएको बताउनुभयाे ।






प्रतिक्रिया